Ads (728x90)

साथीहरु नमस्कार !

  आज म तपाइहरुलाईकसरि हामि इन्टरनेटमा आफ्नो वेबसाइट बनाउन सक्छौ भन्ने बारेमा जानकारी दिन गइ राखेको छु यो Step-by-Step process बाट तपाइँ पनि मैले बनाए जस्तै अथवा यो भन्दा पनि राम्रो ब्लग (वेबसाइट) बनाउन सक्नु हुनेछ भन्ने आशा राखेको छु, र साथै तपाईलाई यो सम्बन्धि अन्य जिज्ञाशा भएमा पनि नि:सन्देह सोध्न सक्नु हुनेछ, मेरो ज्ञानले भ्याए सम्मको जानकारी म तपाइहरुलाई दिदै जाने छु.


    कसरि बनाउने त आफ्नो वेबसाइट ?

साथीहरु हुन त तपाईलाई web Designing सम्बन्धि ज्ञान छ भने Domain किनेर Host गर्न सक्नु हुनेछ तर यदि तपाई लाई यस बारे केहि ज्ञान छैन  भने के गर्ने त ?  चिन्ता नलिनुस यदि तपाईलाई केहि ज्ञान छैन भने पनि तपाइले आफ्नो वेबसाइट गराउन सक्नु हुनेछ. तल केहि वेबसाइट बनाउने लिंक हरु दिईएको छ :

www.blogspot.com
www.webs.com
www.wordpress.com
www.blog.com

माथिको कुनैपनि लिंक माथि क्लिक गर्नु भयो भने तपाइले सजिलै त्यहाँ गएर आफ्नो वेबसाइट गराउन सक्नु हुनेछ, यी मध्ये प्रचलित blogspot.com को बारेमा म यहाँ बताउनेछु तपाइहरुलाई कसरि blogspot मा आफ्नो वेबसाइट बनाउने भनेर. यो कुरा स्मरण रहोस कि धेरै मानिसहरुले  राम्रो ब्लग बनाएर पैसा पनि आर्जन गरिराखेका छन् साथै यसबाट तपाइले आफ्नो ब्यापार व्यवासाएको बारेमा आफ्नो ग्राहकहरुलाई जानकारी पनि दिन सक्नु हुनेछ.

आउनुहोस हामि अब step-by-step वेबसाइट बनाउन तिर लागौ :
१.सबै भन्दा पहिला माथि दिईएको लिंक blogspot.com मा क्लिक गर्नुहोस :
२.त्यसपछि blogspot को वेबसाइट खुल्छ,
३.त्यसपछि त्यहाँ तपाईलाई log in गर्न भन्छ, तपाइले Gmail ID र password प्रयोग गरेर लग इन गर्नु पर्ने
हुन्छ.

४. तपाइले लग इन गरिसकेपछि तपाईलाई confirm Profile भनेर सोध्न सक्छ यदि सोधेमा तल पट्टि continue to blogger लेखेको ठाउमा क्लिक गर्नु होला :


५ त्यसपछि left मा माथि पट्टि रहेको new blog मा क्लिक गर्नुहोस :

६. त्यसपछि Create a new blog भनेर एउटा बक्स खुल्छ त्यहा ३ कुराहरु हुन्छन १. Title : यहाँ तपाइको वेबसाइटको title राख्नुहोस अर्थात तपाइँ कस्तो किसिमको वेबसाइट बनाउदै हुनुहुन्छ त्यसको मूल अर्थ लेख्नुहोस: जस्तो मेरो ब्लग मा "Your Computer Tutor..." भन्ने देख्न सक्नुहुन्छ २ अर्को भनेको Address हो यो भनेको तपाइको वेबसाइटको ठेगाना हो जुन www. बाट सुरु हुन्छ , जस्ती मेरो www.shinysuraj.blogspot.com(यदि तपाइले राखेको web address बाट पहिलेनै अरुले ब्लग बनाइसकेको छ भने Unavailable भनेर लेख्छ त्यसैले तपाइले कुनै Unique राख्नुपर्छ र tick मार्क आयो भने मात्र हुन्छ, चित्रमा तल हेर्नुहोस) ३. अर्को भनेको Template हो यो भनेको तपाइको वेबसाइट हेर्दा कस्तो खालको बनाउन चाहानुहुन्छ केहि design हरु दिएको हुन्छ त्यहाबाट रोज्न सक्नुहुनेछ, कुनै एउटा रोज्नुहोस (चिन्ता नलिनुस पछी आफ्नो इच्छा अनुसार पनि परिवर्तन गर्न सक्नुहुनेछ) त्यसपछि तल Create Blog मा क्लिक गर्नुहोस,


बधाई छ ! तपाइको वेबसाइट अब तयार भयो हेर्नको लागि अघि राखेको web Address अर्को tab मा खोल्नुस वा Ctrl+T थिची खुलेको Tab मा आफ्नो web Adress (जुन अघि बनाउदा राख्नु भएको थियो) type गर्नुहोस अनि Enter थिच्नुहोस तपाइको वेबसाइट अब खुल्नेछ.

   साथीहरु अहिले मात्र तपाइँ एउटा वेबसाइट बनाउनु भएको छ र अब अर्को भनेको तपाइले त्यहाँ धेरै कुरा मिलाउनु पर्ने हुन्छ, जस्तै: Tab हरु मिलाउने, gadget हरु राख्ने, Post हरु लेख्ने आदि, जुन म बिस्तारै तपाईलाई जानकारी दिदै जानेछु, सल्लाह तथा सुझाव भएमा जानकारी दिन नभुल्नुहोला...

                                                                                                             

                                                                                         अर्को Chapterमा जानुहोस                

Post a Comment